Dhulikhel Eco Banner new

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न– ८ अर्ब ठग्ने सिभिल सहकारीलाई कसले जोगाइरहेको छ ?

4.39K
shares

काठमाडौं, २९ जेठ । नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले सिभिल सहकारी ठगी प्रकरणमा राज्यसत्ताका तर्फबाट संरक्षण भएको हुन सक्ने आशंका गरेका छन् । आइतबार संसद बैठकमा बोल्दै सांसद सुवालले ८ अर्ब भन्दा माथि ठगी भएको भए पनि सिभिल सहकारीलाई कारबाही हुन नसकेको बताएका हुन् ।

उनले ठूलै मान्छेको संरक्षण भएको हुनसक्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले यति ठूलो ठगी गर्ने मान्छेलाई कसको संरक्षण रहेको भन्दै प्रश्न गरेका छन् ।

सिभिल सहकारी ठगी प्रकरणमा इच्छाराज तामाङ सहितका व्यक्तिहरुलाई केही महिना अघि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।