Dhulikhel Eco Banner new

११ महिनामा ६ अर्ब ६६ करोड रुपैयाँको आलु आयात

1.96K
shares

काठमाडौं, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्मको ११ महिनामा नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको आलु आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, ११ महिनामा नेपालले कुल ६ अर्ब ६६ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको २७०,०२६.९६ मेट्रिक टन आलु विदेशबाट आयात गरेको हो।

आलु आयातबाट मात्रै १ अर्ब ३१ करोड २६ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। सबैभन्दा धेरै आलु भारतबाट आयात गरिएको छ। तथ्यांकअनुसार, भारतबाट ६ अर्ब ३५ करोड १४ लाख ४६ हजार रुपैयाँ बराबरको २,५०,९९७.८८ मेट्रिक टन आलु आयात गरिएको हो।

त्यसपछि बङ्गलादेशबाट ३१ करोड ४९ लाख ७० हजार रुपैयाँ बराबरको १८,९६३.०७ मेट्रिक टन आलु आयात भएको छ। तेस्रो मुलुकका रूपमा चीनबाट २१ लाख ५६ हजार रुपैयाँ बराबरको ६६ मेट्रिक टन आलु आयात गरिएको उल्लेख छ।