Dhulikhel Eco Banner new

तनहुँ २ (१) मा एमालेका महत विजयी

4.08K
shares

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ १० मा नेकपा एमालेका श्यामराजा महत निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतले १५ हजार छ सय ५३ मत प्राप्त गरेका तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गरे।

उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ । विसं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भए ।