Dhulikhel Eco Banner new

नेपाल भाषामा पनि लिए बालेनले शपथ

5.64K
shares

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित मेयर बोलेन साहाले नेपाली र नेपाल भाषामा शपथ ग्रहण गरेका हुन् ।

जिल्ला न्यायाधिश राजु कुमार खतिवाडाले बालेनलाई शपथ खुवाएका थिए । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । त्यस्तै मेयर साहाले उप मेयर सुनिता डंगोललाई सपथ ग्रहण गराएका थिए । सुनिताले नेपाल भाषा शपथ ग्रहण गरेकि छिन् ।