शेयर बजारमा ५२ अंकको सुधार, कारोबार रकम ४ अर्ब ८६ करोड
वि.सं.२०८० असार ३ आइतवार १५:०८
4.82K
shares
shares

काठमाडौं, ३ असार । कारोबारको पहिलो दिन शेयर बजारमा ५२ अंकको सुधार भएको छ । आज ५२ दशमलव २६ अंकले सुधार आएको शेयर बजार परिसूचक २०९४ दशमलव ३३ विन्दुमा पुगेको छ ।
आइतबार २८० कम्पनीका १ करोड २ लाख ७७ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड १२ लाख ५२ हजार ८५२ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ७ दशमलव १८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९० दशमलव ५६ विन्दुमा पुगेको छ ।


















