हिरासतभित्रै शेयर लगानीकर्ताको अनसन
वि.सं.२०७९ जेठ २४ मंगलवार २१:५१
shares

काठमाडौं, २४ जेठ । प्रहरी नियन्त्रणमा रहेका शेयर लगानीकर्ताहरुले हिरासतमै अनसन बसेका छन् । शेयर बजारको सुधार र विस्तारकालागि भन्दै आन्दोलन घोषणा गरेका तिलक कोइरालासहितका लगानीकर्ताहरु मंगलबार नेपाल स्टक एक्सचेञ्ज घेराउ गर्ने क्रममा पक्राउ परेका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर उनीहरुलाई महानगरीय प्रहरी परिसर सिंहदरबार पुर्याएको थियो । हिरासतमै कोइरालासहित नवराज उप्रेती, सिताराम संजेल, नानी बाबु खरेल र पासाङ शेर्पा रहेका छन् ।
शेयर बजारको सुधारको लागि लगानीकर्ताले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका छन् । समितिका संयोजन कोइरालाले असार १ गतेदेखि आमरण अनसन बस्ने तयारी गरेका थिए । तर नेप्से घेराउ कार्यक्रमा पक्राउ गरेपछि मंगलबारदेखि नै अनसन शुरु गरेका छन् ।



















