Dhulikhel Eco Banner new

शेयर बजारमा दाहोरो अंकले गिरावट, घट्यो कारोबार रकम

2.44K
shares

काठमाडौं, २४ मंसिर । सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.७६ प्रतिशतका दरले बढेको छ ।

यसदिन स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।