शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ मंसिर २४ सोमवार १५:१४
shares

काठमाडौं, २४ मंसिर । सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा स्वाभिमान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको छ ।
यसदिन खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले गुमाएका छन् भने लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ७.२५ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी एनसिसि ऋणपत्रका लगानीकर्ताले ४.४४ प्रतिशतका दरले गुमाएका छन् भने सुपरमाई हाइड्रोपावरका लगानकिर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।



















