Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.33K
shares

काठमाडौं, २४ मंसिर । सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि घटेर ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।

राताम्य भएको शेयर बजारमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.७६ प्रतिशतका दरले बढेको छ ।

यसदिन महिला लघुवित्तका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने सिटिजन्स बैंक डिबेन्चरका लगानीकर्ताले ६.११ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले ६.०३ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् भने हिमालयन डिस्टिलरीका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले सर्वाधिक कमाएका छन् ।