Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २११ कम्पनीको शेयर मुल्य घट्यो

2.8K
shares

काठमाडौं,४ पुस । बिहीबार शेयर बजार उच्चले अंकले घटेको छ । शेयर बजार ३१.४३ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ७६ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

राताम्य भएको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.२१ प्रतिशतको दरले गुमाएका छन्