शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ पुस ४ बिहीवार १५:०६
shares

काठमाडौं,४ पुस । बिहीबार शेयर बजार उच्चले अंकले घटेको छ । शेयर बजार ३१.४३ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ७६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन सामुदायिक लघुवित्तका लगानीकर्ताले ७.९६ प्रतिशतका दरले कमाएका छन् भने भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ४.५० प्रतिशतका दरले कमाएका छन् भने आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले ४.३९ प्रतिशतका दरले कमाएका छन् ।
















