शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८१ पुस ४ बिहीवार १५:१५
shares

काठमाडौं, ४ पुस । बिहीबार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३१.४३ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ४ अर्ब ७६ करोडको कारोबार भएको हो ।
राताम्य भएको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.२१ प्रतिशतको दरले गुमाएका छन् ।
यसदिन मायाखोला हाइड्रोपावरका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी रिभर फल्स पावरका लगानीकर्ताले ५.७८ प्रतिशतका दरले गुमाएका छन् भने राप्ती हाइड्रोका लगानीकर्ताले ४.६० प्रतिशतका दरले गुमाएका छन् ।
















