Dhulikhel Eco Banner new

जुसको बट्टामा कोकिन, ठमेलबाट दुई तान्जेनियन नागरिक पक्राउ

3.76K
shares

काठमाडौं, १७ असार । प्रहरीले कोकिनसहित दुई तान्जेनियन नागरिकलाई ठमेलबाट पक्राउ गरेको छ। होटेल ग्यालरीबाट एक किलो २४७ ग्राम कोकिनसहित ५२ वर्षीय रामाधानी सिम्बा वाबुम्बा र त्वालिब किपेभु पासुवालाई पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विमानस्थलदेखि पछ्याएर उनीहरूलाई पक्राउ गरेको हो। जुसको बट्टामा क्याप्सुल बनाएर लुकाई उनीहरूले कोकिन तस्करी गरेका थिए।