Dhulikhel Eco Banner new

प्रतितोला २ हजार ६ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.46K
shares

काठमाडौं, २३ चैत । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य २ हजार ६ सयले घटेको हो ।

महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९४ हजारमा कारोबार भएको छापावाल सुन सोमवार घटेर २ लाख ९१ हजार ४ सयका कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार प्रतितोला ४ हजार ७ सय ८० मा कारोबार भएको चाँदी सोमवार सोही मुल्यमा स्थिर रहेको हो ।