Dhulikhel Eco Banner new

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

6.08K
shares

काठमाडौं, २९ साउन । नेपाली बजारमा आज सुन चाँदीको मूल्य उकालो लागेको छ । शुक्रबारको तुलनामा छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी तोलामा २५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।