Dhulikhel Eco Banner new

घट्यो सुनचाँदीको मूल्य, कति छ बजार भाउ ?

4.45K
shares

काठमाडौं, ३० साउन । नेपाली बजारमा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँलै घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रूपैयाँ कायम भएको छ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज नेपाली बजारमा चाँदीको भाउ १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

आईतवारका दिन नेपाली बजारमा सुन प्रतितोला ५ सय रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँलै बढेको थियो ।