Dhulikhel Eco Banner new

तोलामा १ हजारले बढ्यो सुनको मूल्य

3.25K
shares

काठमाडौं, ९ भदौ । स्थानीय बजारमा साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि भएको हो ।

शुक्रबार तोलामा १ लाख ५१ हजार ४ सय कायम भएको सुनको मूल्य आइतबार तोलामा १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको छ ।