प्रतितोला २ हजार ७ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार ११:२१
3.51K
shares
shares

काठमाडौं, १४ कात्तिक । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । सुनको मूल्य दुई हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार प्रतितोला २ लाख ३७ हजार ३ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार २ हजार ७ सयले बढेर प्रतितोला २ लाख ३९ हजार कायम भएको हो ।
त्यस्तै,शुक्रवार चाँदीको मुल्य भने ७० रुपैयाँले बढेको छ । बिहीवार २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य शुक्रवार ३ हजार ६० रुपैयामा कायम भएको छ ।



















