हिमालयन बैंकको संस्थापक शेयर सर्वसाधारण लागि बिक्रीमा
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १०:५४
shares

काठमाडौं, १४ कार्तिक । हिमालयन बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख २० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागी बिक्रीमा राखेको हो ।
जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालको ३ हजार १७१ कित्ता शेयर रहेको छ।
बैंकले यसअघि यी शेयर राष्ट्र बैंकको निर्देशन अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म शेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो।
अतः यी शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
शेयरको बिक्री मूल्य सम्बन्धी जानकारीको लागि बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा शेयर विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।



















