बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ असार १२ आइतवार १३:३७
5.25K
shares
shares

काठमाडौं, १२ असार । नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतवार सुन तोलाको ९७ हजार ३०० रूपैयाँ तोकिएको छ । गत शुक्रवार सुन प्रतितोला ९७ हजार २०० सय रूपैयाँमा कारोबार भएको थियो । सुनचाँदीको भाउ शनिवार तोकिने गरेको छैन ।
चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँ घटेर १ हजार २४५ रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रवार यसको मूल्य १ हजार २४० रूपैयाँ तोकिएको थियो ।
यसैगरी यो दिन अमेरिकी एक डलरको विक्री दर १२५ दशमलव ६६ रुपैयाँ रहेको छ ।

















