Dhulikhel Eco Banner new

प्रोत्साहनाज ब्युटी पार्लरको २० औं वार्षिकोत्सव, पम्फा भुसालद्धारा शुभकामना सन्देश

5.03K
shares

काठमाडौं, २७ जेठ । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टर स्थापनाको २० औं वर्ष पार गरि २१ औं वर्षमा प्रवेश गरेको छ ।

हरेक बर्ष वार्षिकोत्सवको उपलक्ष्यमा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

यसपाली प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले एक भव्य कार्यक्रमको आयोजना गरि २० औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान, मायाको चिनो र आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय पम्फा भुसालले सौन्दर्य पेशामा महिला दिदिबहिनिलाइ सक्षम र दक्ष बनाइ स्वरोजगारको बाताबरण बनाइ हजारौं महिला दिदीबहिनीहरुलाई आत्मानिर्भर बनाउदैं राष्ट्रलाइ पुर्याएको योगदानको मुल्यांकन गर्दै रेनु राना मगरको प्रशंसनीय कार्य भएको बताउँदै २० औं वार्षिक उत्सबको शुभकामना दिएको थिइन् ।

नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ ।

एकान्तकुना जाउलाखेल ललितपुरमा अबस्थित प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकी संचालक रेनु राना मगरको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय पम्फा भुसालको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिहरु बरिष्ठ सौन्दर्यबिदहरु सोनी कारंजित, रुश्का श्रेष्ठ, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रमिता महर्जन, सबिता दुवाल, मंजु श्रेष्ठ, बरिष्ठ पत्रकार डब्बु क्षेत्रि, लोकप्रिय गायिका मन्जु पौडेल, गायक तथा कलाकार यमन श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, संचारकर्मी पुरुश्वतम बस्नेत र समाजसेवीहरु सुन्दर थापा, रमेश बखाती, दिपक न्यौपाने,उमेश कुमार पाण्डे, शिब कारंजित, अमर अधिकारि तथा अन्य कलाकारहरु लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

२० औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बरिष्ठ सौन्दर्यबिद रचना शाक्य, कुमारी सिग्देल लामिछाने, सौन्दर्यकर्मीहरु देबी महर्जन, शान्ति महर्जन, सुलोचना श्रेष्ठ, अप्सरा बुढा, ललिता लामा, राधिका थापा मगर(श्रेष्ठ), रिना महर्जन, रुबी महर्जन, सम्झना बोगटी, संगीता डंगोल, सुनिता दाहाल, सुस्मिता दंगाल कार्की, मन कुमारी पुन, गायिका ऋतु कंडेल, गीतकार पुरुश्वतम सानु, समाजसेवीहरु गीता पन्त आचार्य र रमिता महर्जन श्रेष्ठलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकी अध्यक्ष एबम बरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले सम्बन्धित सौन्दर्यकर्मी, समाजसेवी, गायिका र गीतकार लगायतले आ आफ्नो क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले उनीहरुलाई सम्मान गरिएको कार्यक्रममा बताईन् । २० औं वार्षिक उत्सबसम्म आईपुग्दा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको बताईन् । कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले केक काट्दै प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरलाई शुभकामना दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुर्य चन्दले गरेका थिए ।