Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

1.81K
shares

काठमाडौं, १२ चैत । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४.२१ अंकले बढेर २,९५० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको स्थिर रहेको छ । यसदिन १३ अर्ब १६ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी, होटर फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ३.४८ प्रतिशतका दरले गुमाएका छन् ।