Dhulikhel Eco Banner new

नेशनल लाइफ इन्स्योरेन्स: शर्मिला श्रेष्ठको राजीनामा, हिमाल कोइराला कम्पनी सचिव नियुक्त

नेपाल स्टक एक्सचेञ्जलाई औपचारिक रूपमा जानकारी

2.86K
shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा व्यवस्थापकीय तहमा परिवर्तन भएको छ। कम्पनीले सूचना जारी गर्दै कम्पनी सचिव पदमा नयाँ नियुक्ति गरिएको जानकारी दिएको हो।

कम्पनीका अनुसार प्रशासन प्रबन्धकका रूपमा कार्यरत रहेर कम्पनी सचिवको जिम्मेवारी सम्हाल्दै आएकी शर्मिला श्रेष्ठले २०८२ साल चैत १५ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएकी छन्। सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको जनाएको छ।

यससँगै कम्पनीको सञ्चालक समितिको बैठकले हाल नायब प्रशासन प्रबन्धक पदमा कार्यरत हिमाल कोइरालालाई कम्पनी सचिवको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार कोइरालासँग कानुन विषयमा स्नातकोत्तर (मास्टर इन लज) शैक्षिक योग्यता रहेको छ।

कम्पनीले उक्त निर्णयबारे नेपाल स्टक एक्सचेञ्जलाई औपचारिक रूपमा जानकारी गराएको छ। नयाँ कम्पनी सचिव नियुक्तिसँगै कम्पनीको प्रशासनिक तथा संस्थागत संरचनामा थप सुदृढता आउने अपेक्षा गरिएको छ।

नेशनल लाइफ इन्स्योरेन्सले व्यवस्थापनमा निरन्तर सुधार गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।