सामान्य अंकले बढ्यो शेयर बजार, कारोवार रकम घट्यो
वि.सं.२०८३ वैशाख १४ सोमवार १५:०९
shares

काठमाडौं, १४ वैशाख । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ७.७३ अंकले बढेर २,७९६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ७७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले बढेको शेयर बजारमा पाल्पा सिमेन्ट र सिखर पावर, कर्पाेरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी निफ्रा ग्रीन एनर्जी डिबेंचरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.०१ प्रतिशतका दरले गुमाएका छन् ।
















