Dhulikhel Eco Banner new

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

819
shares

काठमाडौं, २१ वैशाख । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज (वैशाख २१ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर विशेष रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ।

इच्छुक लगानीकर्ताहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन छिटोमा वैशाख २४ गते बैंकिङ समयपछि बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ ४ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ।

कम्पनीको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपाल लिमिटेडले ‘डबल बी माइनस’ निर्धारण गरेको छ। यस रेटिङले कम्पनीमा दायित्व भुक्तानीसम्बन्धी मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङ गत पुस ८ गते प्रदान गरिएको हो र आगामी माघ ३ गतेसम्म मान्य रहनेछ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पूँजी बजारमा सहभागिता बढाउने उद्देश्यले प्राथमिक शेयर निष्काशन गरेको जनाएको छ।