Dhulikhel Eco Banner new

मितेरी डेभलपमेन्ट बैंकको १ लाख ६२ हजार बढी संस्थापक शेयर बिक्रीमा

2.41K
shares

काठमाडौँ, ३१ असार । मितेरी डेभलपमेन्ट बैंकले १ लाख ६२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक समूहको १ लाख ६२ हजार ५२४ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको सो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापक शेयरधनीहरुले आजको ३५ दिनभित्र आवेदन दिन सक्ने छन् । लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ।

तोकिएको अवधिभित्र शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई सो शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।