सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार ३१ बुधवार १५:२३
shares

काठमाडौं, ३१ असार । बुधवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १४ अंकले बढेर २५९०.२९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १९५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १७ करोड कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ७.३२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एनआईबिएल स्टेबल फन्डका लगानीकर्ताले ६.२८ प्रतिशतका दरले गुमाएका छन् भने एनआईसी एसिया सेलेक्ट फन्ड ३०का लगानीकर्ताले ३.७४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ३.०६ प्रतिशतका दरले गुमाएका छन् भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।


















