Dhulikhel Eco Banner new

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव सम्पन्न

507
shares

काठमाडौं, ७ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले गरेका थियो।

संघका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीका पेशागत हकहित, संस्थाको सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बैंक व्यवस्थापन, विभिन्न ट्रेड युनियनका प्रतिनिधि तथा पूर्व पदाधिकारीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वार्षिकोत्सवको अवसरमा रक्तदान, स्वास्थ्य शिविर, निबन्ध प्रतियोगिता तथा उत्कृष्ट कार्यसम्पादन गर्ने लुम्बिनी प्रदेश समितिलाई रनिङ शिल्ड प्रदान गरिएको थियो। साथै निबन्ध प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बैंकका उच्च पदाधिकारी, विभिन्न ट्रेड युनियनका प्रतिनिधि, संघका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संघले वार्षिकोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य तथा कर्मचारीप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।