Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

338
shares

काठमाडौं, ११ साउन । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३३.२८ अंकले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ८ करोड कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि गरिमा समृद्धि योजनाका लगानीकर्ताले ४.७८ प्रतिशतका दरले कमाएका छन् भने सानिमा बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले कमाएका छन् भने एनआईएमबी डिबेन्चर २०९०का लगानीकर्ताले ३.७८ प्रतिशतका दरले कमाएका छन् ।