Dhulikhel Eco Banner new

देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

468
shares

काठमाडौं, १ भदौ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका, सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ ।

संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।

संघले यसअघि आन्दोलनका चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरेको हो ।