बिल गेट्सलाई पनि कोरोना संक्रमण
वि.सं.२०७९ वैशाख २८ बुधवार १२:३४
5.53K
shares
shares

काठमाडौं, २८ वैशाख । संसारका धनी व्यक्तिहरूमध्येका एक धनाढ्य माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पनि कोरोना संक्रमण भएको छ।
गेट्सले अहिले उनी आफू सामान्य अवस्थामा रहेको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन्। गेट्सको १२६.६ अर्ब डलरको सम्पत्ति छ। ६६ वर्षीय गेट्सको गत वर्ष मेलिन्डा फ्रेन्चसँग पारपाचुके भएको थियो।

















