Dhulikhel Eco Banner new

एलआईसी नेपालले हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

4.72K
shares

काठमाडौं, १६ माघ । एलआइसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले एक सुचना जारी गर्दै हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको जनाएको छ ।

कम्पनीलाई हकप्रद शेयर विक्री गर्नका लागि नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ ।

कम्पनीले पूँजी २ अर्ब ६५ करोड ३२ लाखको ८८.४५१६८ प्रतिशतले हुन आउने अर्थात १ः०.८८ को अनुपातले हुने १ अर्ब ४३ करोड ८८ लाख बराबरको हकप्रद शेयर जारी गर्ने छ ।