घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०७९ फागुन ३ बुधवार ११:३७
4.65K
shares
shares

काठमाडौं, ३ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य २ सय रुपैयाँले ओरालो लागेको छ ।
मंगलबार प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा स्थिर छ ।

















