सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ फागुन १४ आइतवार १४:२१
4.51K
shares
shares

काठमाडौं, १४ फागुन । आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ११ लाख ५९ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

















