समीट लघुवित्तले बोलायो साधारण सभा, एफपीओ निष्काशन र लाभांश वितरण मुख्य एजेण्डा
वि.सं.२०८० जेठ ९ मंगलवार १०:५०
shares

काठमाडौं, ९ जेठ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३० गतेका लागि आफ्नो साधारणसभा बोलाएको छ । संस्थाले वितरण गर्ने लाभांश र एफपीओ निष्काशनको प्रस्ताव पारित गर्ने एजेण्डा सहित लघुवित्तले साधारण सभा बोलाएको हो ।
लघुवित्तको १४ औँ साधारण सभाले चुक्ता पुँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशतका दरले लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै बोनस शेयर वितरणपश्चात कायम हुने संस्थापक र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलन गर्न ८ लाख ५३ हजार ६६५ कित्ता शेयर प्रिमियममा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि साधारण सभा सम्पन्न नहुञ्जेलसम्मका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।



















