Dhulikhel Eco Banner new

७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउँदै लघुवित्त बैंकर्स संघ

6.18K
shares

काठमाडौं, ११ असार । नेपाल लघुवित्त बैंकर्स संघले आजबाट देशको ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउँने भएको छ । पछिल्लो समय केही समूहले व्यापक अराजकता फैल्याएको भन्दै लघुवित्त क्षेत्रका कर्मचारीलाई शान्ति सुरक्षाको माग गर्दै संस्थाले उक्त ज्ञापन पत्र बुझाउँने भएको हो ।

नेपाल लघुवित्त बैकर्स संघका कार्यवाहक अध्यक्ष मिन बहादुर बोहोराका अनुसार आज नै संघले प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । लघुवित्त क्षेत्र विरुद्धको आन्दोलनको नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्द गरिपाउँ भन्दै संघले आज नै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।

कानुन भित्रै रहेर काम गर्दै आएको संस्थालाई आँच पुर्याउने, लघुवित्त प्रति जनताको विश्वास, भरोसालाई असर पार्ने जस्ता कार्य तत्काल रोक्न समेत संघले अनुरोध गरेको छ । यस्ता गतिविधिहरु चलिरहने, राज्यको संयन्त्रबाट असहयोग हुने र आलको अवस्था सुधार नभएमा लघुवित्त संस्थाहरुले पनि कडा कदम चाल्ने र सम्पूर्ण सेवा सुविधाहरु बन्द गर्ने समेत संघले चेतावनी दिएको छ ।