Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

4.8K
shares

काठमाडौं, १० भदौ । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । स्थिर रहेको छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर १ हजार ४६५ तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९ सय १४ डलर आसपास कारोबार भइरहेको छ ।