१३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० असोज १६ मंगलवार १३:०७
11.7K
shares
shares

काठमाडौं, १६ असोज । मंगलबार नेपाली बजारमा सुनको भाउ १३ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुन १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज ३० रुपैयाँले घटेको चाँदी १३ सय १० रुपैयाँमा कारोबार कायम भएको छ ।

















