आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढ्यो
वि.सं.२०८० पुस २७ शुक्रवार ११:२१
4.1K
shares
shares

काठमाडौँ, २७ पुस । आज शुक्रबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

















