Dhulikhel Eco Banner new

युनाइटेड इन्स्योरेन्सको साधारणसभा आज

5.01K
shares

काठमाडौं, २३ जेठ । युनाइटेड इन्स्योरेन्सको सोमबार साधारणसभा गर्ने भएको छ ।
साधारणसभा अनमोल ब्याङ्वेट काठमाडौंमा सम्पन्न हुने भएको छ । सभाले गत आर्थिक वर्ष २०७७।७८ का वार्षिक विवरण सहितका वित्तिय विवरणहरु पारित गर्नुका साथै चालु आर्थिक वर्षको लेखापरिक्षक नियुक्ती गर्ने बताएको छ ।

कम्पनीले लाभाँश प्रस्ताव भने गरेको छैन् । कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्ता पुँजी २ अर्व ५० करोड कायम गर्न भविष्यमा निर्जिवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ती प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पुर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्व २ करोड ८१ लाख ६० हजार रहेको छ । उल्लेखित प्रस्तासँगै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । उक्त्त सभामा शेयरधनीहरुले मात्र भाग लिन पाउनेछन् ।