बजेट प्रति चाउचाउ उत्पादक संघ खुसी, घ्यु तेल उत्पादन संघको अभिव्यक्ति प्रति आपत्ती
वि.सं.२०७९ जेठ २३ सोमवार १२:०५
shares

काठमाडौं, २३ जेठ । नेपाल चाउचाउ उत्पादक संघले नेपाल वनस्पती ध्य तेल उत्पादक संघले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । चाउचाउ उत्पादक संघले विज्ञप्ती मार्फत वार्षिक बजेटमा चाउचाउ उद्योगको लागि चाहीने पाम आयल, पामोलिन जास्ता कच्चा पदार्थ जस्ता विषयमा उद्योग विभागले ५ प्रतिशत भन्सार महशुल गाग्ने छ भनि दिइएको सुविधामा वनस्पती ध्यु तेल उत्पादकसंघले दिएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा एकातिर विदेशी मुद्राको सञ्चिती, अर्कोतर्फ राजश्व संकलनमा विशिष्ट भुमिका निर्वाह गरिरहेको चाउचाउ उद्योगहरुले देशलाई समृद्ध बनाउन पुर्याएको योगदानको उच्च मुल्यांकन गर्नुपर्ने ठाउँमा विरोध भन्दा प्रोत्साहन गर्नु ठिक होला । नेपाली चाउचाउ उद्योगले के कति समस्या झेल्नु परेको छ त्यस प्रति उहाँहरुले कहिल्यै चासो देखाउनु भएको छ ? विगत १० बर्षमा धेरै वटा उद्योग बन्द भैसकेका छन् जनाइएको छ ।
बजेटमानै सरकारले ५ प्रतिशत भन्सार शुल्क लाग्ने छ भनी सरकारले सुविधा दिएको अवस्थामा नेपाल वनस्पती ध्यु तेल उत्पादक संघको धारणप्रति संघले आपत्ती जनाएको हो । ‘अहिले सरकारले स्वदेशी उद्योगलाई सानो सहयोग गर्दा यसरी टिका टिप्पणी हुनुमा हामी आफैमा चकित भएका छौँ । चाउचाउ उद्योगले स्थानीय करिव १० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको छ जसबाट हजारौं परिवारको रोजिरोटीको व्यवस्थापन भएको । त्यस वारेमा यहाँहरुको ध्यानाकर्षण होस भन्ने हामी चाहन्छौँ,’ विज्ञप्तीमा भनिएको छ ।
चाउचाउ उद्योगबाट राज्यले संकलन गर्ने राजश्व एवं करमा समेत उल्लेख्य निर्वाह गरी रहेको सर्व विदितै छ । चाउचाउ उद्योगबाट मात्र वार्षिक करिव पाँच सय करोड राजश्व संकलन हुँदै आएको अवस्थामा यसलाई पनि महत्वका साथ लाग्नु पर्ने बताइएको छ ।


















