तोलामा ५ सयले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ असोज ८ मंगलवार १०:२३
3.81K
shares
shares

काठमाडौं, ८ असोज । स्थानीय बजारमा मंगलबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलामा १ लाख ५९ हजार २ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा १ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ रुपैयाँ घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।

















