तोलामा ५ सयले घट्यो सुनको मूल्य
वि.सं.२०८१ असोज २१ सोमवार १०:५५
2.18K
shares
shares

काठमाडौं, २१ असोज । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । सुनको मूल्य प्रतितोला ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार तोलामा १ लाख ६१ हजारमा कारोबार भएको सुनको मूल्य सोमबार ५ सयले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कायम भएको हो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आईतबार तोलामा १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ९८० रुपैयाँ कायम भएको छ ।

















