Dhulikhel Eco Banner new

सुपर लघुवित्तमा २३ करोड अनियमितता, कामु सीईओसहित ३ कर्मचारी पक्राउ

14.12K
shares

काठमाडौं, ३१ जेठ । दाङमा रहेको सुपर लघुवित्तमा २३ करोड अनियमिता भएको घटनामा संस्थाका कायम मुकायम सीईओ सहिति ३ जना प्रक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कामु सीईओ बुद्धिराम चौधरी, तुल्सीपुर शाखामा कार्यरत सन्जिव चौधरी र बिजौरी शाखाका प्रमुख यशोदा थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

एसपी काफ्लेका अनुसार प्रक्राउ परेका व्यक्तिहरुको विषयमा थप अनुसन्धान भइरहेको छ । उनीहरुसहित संस्थाको रकम अनियमितता गरेको आरोपमा ८–१० जनाका विरुद्धमा मुद्धा परेको प्रहरीले जनाएको छ ।

अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अहिले प्रक्राउ परेका व्यक्तिहरु मार्फत अरु व्यक्तिहरु पनि प्रक्राउ पर्ने एसपी काफ्लेले बताए ।

कसरी भयो अनियमितता ?
सुपर लघुवित्त वित्तीय संस्थामा अध्यक्ष किरण चौधरीको प्रत्यक्ष संलग्नतामा रकम हिनामिना भएको उजुरी परेपछि राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अनुसन्धान गरेको थियो ।

संस्थाको कुल ७२ करोड रुपैयाँ ऋण मध्ये आधा भन्दा धेरै फर्जी कागजात बनाएर कृत्रिम व्यक्तिलाई ऋण लगानी गरिएको राष्ट्र बैंकको अनुसन्धानबाट देखिएको स्रोतले जनाएको छ । यो संस्था गैर सरकारी संस्था (एनजिओ) बाट लघुवित्त बनेको थियो ।

दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको यस लघुवित्तको हाल अध्यक्ष किरण चौधरी रहेका छन् । संस्थाका अध्यक्ष भन्दा पनि अध्यक्षका बुवा ज्योति चौधरीले संस्थामा प्रत्यक्ष हस्तक्षेप गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ ।

संस्थामा अनियमितताको सूचना भए पछि राष्ट्र बैंकको टोलि निरीक्षण समेत गरेको थियो । तर संस्थाका अध्यक्ष चौधरीले अनुसन्धानमा असहयोग गरेका थिए । उनले कार्यरत कर्मचारीहरुलाई समेत दवाव दिएर फर्जी काम गर्न लगाउने गरेका थिए ।

अनुसन्धानमा संलग्न राष्ट्र बैंकका एक अधिकारीका अनुसार अध्यक्ष चौधरीले सफ्टवेयरमा दवाद दिएर गलत इन्ट्री गर्न लगाउने त कहिले आफै सफ्टवेयर ह्याण्डल गरेर मनपरी इन्ट्री गर्ने गरेका थिए ।

यस संस्थामा प्रभु बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त लगायतले ऋण लगानी गरेका छन् । यो संस्थालाई प्रभु बैंकले मात्रै २५ करोड रुपैयाँ भन्दा बढी ऋण दिएको छ ।

यस विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धना ब्युरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेको छ ।

Follow Up

राष्ट्र बैंकको निर्देशन कुल्चिदै कांग्रेस नेता दहित, मन्त्री भइसकेको व्यक्ति लघुवित्तको कार्यकारी सञ्चालक

राष्ट्र बैंकको निर्देशन कुल्चिदै कांग्रेस नेता दहित, मन्त्री भइसकेको व्यक्ति लघुवित्तको कार्यकारी सञ्चालक

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्त घोटालाको नालीवेली : यसरी भएको थियो सुरुवाती घोटाला

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्त ठगी प्रकरण : पहुँचका आधारमा अध्यक्षलाई जोगाउने प्रयास !

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका अध्यक्षसहित १० जना तिर सोझियो अनुसन्धान

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर लघुवित्तका सञ्चालक र कर्मचारीकाे तीन पुस्ते खाेज्दै प्रहरी

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर ‘ठगी प्रकरण’ : अध्यक्ष फरार, सोझा कर्मचारी प्रहरी फन्दामा

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति

सुपर लघुवित्तका कामु सीईओलाई १४ दिन हिरासतमा राख्न अदालतको अनुमति