सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा कोशी प्रदेशमा बृक्षारोपण सम्पन्न
वि.सं.२०८२ जेठ २५ आइतवार १२:२८
shares

काठमाडौं, २५ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशको विराटनगरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट द प्लाष्टिक’ भन्ने मूल नाराका साथ वातावरणीय सचेतना फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


















