Dhulikhel Eco Banner new

शेयर बजारमा १४२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.43K
shares

काठमाडौं, १० असार । मंगलवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार १.०८ अंकले बढेर २,६०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ७६ करोडको कारोबार भएको हो ।

झिनो अंकले बढेको १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५र८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ५.१७ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन दोर्दी खोला जलविद्युतका लगानीकर्ताले ४.३२ प्रतिशतका दरले गुमाएका छन् भने थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ३.१२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यर्सैगरी बरुण हाइड्रोपावरका लगानीकर्ताले ३.११ प्रतिशतका दरले गुमाएका छन् भने त्रिशुली हाइड्रोपावरका लगानीकर्ताले २.८१ प्रतिशतका दरले गुमाएका छन् ।