बीमा प्राधिकरण अध्यक्ष ओझा निलम्बित
वि.सं.२०८२ असार ३० सोमवार २१:२५
3.45K
shares
shares

काठमाडौं, ३० असार । आफैले नियुक्त गरेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई केपी शर्मा ओली नेतृत्वको सरकारले निलम्बन गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई निलम्बन गर्ने निर्णय गरेको हो ।
साथै उनी माथि छानवीन गर्न पूर्व न्यायाधिसको संयोजकत्वमा जाँचबुझ आयोग समेत गठन गरिएको छ । रमाइलो कुरा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नै नियुक्त गरेर अहिलेका अर्थमन्त्री विष्णु प्रसाद पौडेल आफैले नियुक्ति पत्र थमाएका थिए ।
आफैले नियुक्त गरेका अध्यक्ष ओझालाई अहिले छानवीन गर्न आयोग नै गठन गरेको छ ।



















