Dhulikhel Eco Banner new

सारथी लॉजिस्टिक्सको विराटनगर शाखाको भव्य उद्घाटन समारोह सम्पन्न

1.74K
shares

काठमाडौं, १३ सुाउन । विराटनगरमा सारथी लॉजिस्टिक्स प्रा.लि.ले आफ्नो नयाँ शाखाको भव्य उद्घाटन गर्दै देशव्यापी सेवा विस्तारको दिशामा एक महत्वपूर्ण कदम चालेको घोषणा गरेको छ। उक्त समारोहमा कम्पनीले विराटनगर र इटहरीबाट सुरु हुने बुकिङ सेवामार्फत देशका पच्चीसभन्दा बढी मुख्य शहरहरूमा सेवा विस्तार गरेको औपचारिक जानकारी गराएको छ।

सेवा विस्तार गरिएका गन्तव्यहरूमा काठमाडौं, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट, बुटवल, सुर्खेत, धनगढी, महेन्द्रनगर, त्रिशूली, भैरहवा, कोहलपुर, हेटौंडा, बर्दिबास, बर्दघाट, टाडी, परासी, चौनौटा, घोराही, तुल्सीपुर, रुकुम, सल्यान, प्युठान, अर्घाखाँची, पाल्पा, कावासोती लगायतका शहरहरू समावेश छन्।

उद्घाटन समारोहमा सारथी लॉजिस्टिक्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार न्यौपानेले विराटनगरजस्तो प्रमुख व्यापारिक केन्द्रमा सेवा विस्तार गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताउँदै यसलाई लक्ष्यतर्फको ठूलो पाइला भएको उल्लेख गरे।

उनले ग्राहकहरूलाई भरपर्दो, किफायती र प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले सेवा विस्तार गरेको जानकारी दिए। साथै, सम्पूर्ण देशभर सहज पहुँच पुर्‍याउने र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले चाँडै नै सम्पूर्ण प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने योजना रहेको बताए।

उद्घाटन समारोहमा स्थानीय विशिष्ट व्यक्तित्व, उद्योगी तथा व्यवसायी, साझेदारहरू र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। सारथी लॉजिस्टिक्सले पारदर्शिता, समयपालन, र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै राष्ट्रिय गौरवसहितको सेवा प्रदान गर्ने दृढ संकल्प दोहोर्‍याएको छ।