Dhulikhel Eco Banner new

आवश्यक शान्ति सुरक्षा माग गर्दै लघुवित्त बैंकर्स संघ गोरखाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

8.48K
shares

काठमाडौं, १२ असार । नेपाल लघुवित्त बैंकर्स संघले सोमबारबाट देशको ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउँने भएको छ । पछिल्लो समय केही समूहले व्यापक अराजकता फैल्याएको भन्दै लघुवित्त क्षेत्रका कर्मचारीलाई शान्ति सुरक्षाको माग गर्दै संस्थाले उक्त ज्ञापन पत्र बुझाउँने भएको हो ।

यस कार्यक्रम अन्तर्गत बैंकर्स संघको तर्फबाट साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, कर्मचारी सङ्गठनको तर्फबाट सागर अधिकारीको अध्यक्षतामा जिल्ला कार्यसमिति गोरखाका पदाधिकारीहरुले पनि आवश्यक शान्ति सुरक्षाको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।