विश्व चर्चित धनाढ्य ज्याक काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई पनि भेट्ने
वि.सं.२०८० असार १२ मंगलवार १५:४५
11.04K
shares
shares

काठमाडौं, १२ असार । चिनियाँ धनाढ्य ज्याक मा काठमाडौं आइपुगेका छन् । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै आज काठमाडौं आइपुगेका हुन् ।
काठमाडौं आएको समयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ । ज्याक मा चर्चित इ(कमर्स) कम्पनी अलिबाबाका संस्थापक हुन्।
केही समयअघि उनको सम्पति त्यहाँको सरकारले राष्ट्रियकरण गरेको थियो। अलिबाबाको स्वामित्व नेपाली इ(कमर्स कम्पनी दराजमासमेत छ। केही समय उनी भूमिगतजस्तो भएका थिए।


















